एनसेलको खरिद बिक्री अस्वाभाविक भएको सांसद सुमनाको आशंका

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १८, राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री अस्वाभाविक भएको भन्दै अनुसन्धान गर्नुपर्ने औंल्याएकी छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई पत्र लेख्दै उनले एनसेलको सेयर स्वामित्व खरिदबारे अनुसन्धान गर्न ध्यानाकर्षण गराएकी हुन् ।

मलेसियाको कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो सेयर ९६ प्रतिशत कम मूल्यमा गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रमलाई हालै बिक्री गरेको छ । सांसद श्रेष्ठले यसरी सेयर किनबेच हुनु अस्वभाविक रहेको भन्दै अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।

‘आगामी ६ वर्षसम्मको मुनाफामा भने आजियटाकै हक लाग्ने भनेर सम्झौता भएको सुनिन्छ । यो सम्झौता २५ प्रतिशत क्यापिटल गेन कर (पुुँजीगत लाभकर) को सट्टा ५ प्रतिशत लाभांश कर तिर्न रचिएको प्रपञ्च त हैन ?’ बिक्री प्रक्रियाप्रति आशंका गर्दै श्रेष्ठको जिज्ञासा छ, ‘यति कम मूल्यमा बिक्री भइरहँदा खरिदकर्ता र बिक्रीकर्ता बीच अन्य देशमा रहेको सम्पत्ति सट्टापट्टा गरी दुवै देशमा क्यापिटल गेन कर छल्ने योजना त हैन भनेर खोज गर्नपर्ने हो कि ?’

 

 

प्रकाशित : 4 December, 2023

प्रतिक्रिया दिनुहोस्