उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २०, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न सहिद गंगालाल हृदयरोग केन्द्रमा पुगेका छन् ।

उनी केहीबेर अघि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठ छातीमा समस्या आएपछि हिजो राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए ।

उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो ।

श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरेको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित : 6 December, 2023

प्रतिक्रिया दिनुहोस्