एनसेल खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २१, सरकारले एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समितिमा सचिव फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले लगायत छन् ।

 

 

प्रकाशित : 7 December, 2023

प्रतिक्रिया दिनुहोस्