शेयर बजार उच्च अङ्कले उकालो लागो
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २१, शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ ।
हिजो बुधवार ३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेको छ ।
आज बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।