त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । मंसिर २२, सरकारले विमानस्थलबाट हुने सुन तस्करी निस्तेज पारेको दाबी गरिरहँदा बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन फेला परेको छ । सुनसहित दुई व्यक्तिसमेत समातिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याउन लागिएको झन्डै १४ किलो सुन भन्सार कार्यालयका कर्मचारीहरूले बरामद गरेका हुन्।

फ्लाई दुबईको फ्लाइट एफजेड ५७३ मार्फत बिहीबार राति काठमाडौं आएका चन्द्र घलेलाई ११ बजेर ४० मिनेटमा सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले छातीमा लुकाएर कपडाले बेरेर बिस्कुटजस्तो आकारको सुन ल्याएका थिए । सोधपुछमा घलेले उक्त सुन विमानस्थलबाट पक्राउ परेका अर्का व्यक्ति मीनबहादुर घलेको भएको बताएका थिए । पक्राउ परेका दुवैलाई अस्थायी हिरासतमा राखेर कोटेश्वर प्रहरी चौकीमा पठाइएको छ ।

प्रकाशित : 8 December, 2023

प्रतिक्रिया दिनुहोस्