प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २५, साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढेर १९८९.५३ विन्दुमा पुगेर अडिएको छ ।

यो सेसनमा १७६ कम्पनीका ७०२ पटक भएको कारोबारमा ८५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा २ करोड ९१ लाख ७९ हजार ३३३ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा १५६ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित : 11 December, 2023

प्रतिक्रिया दिनुहोस्