अध्यक्ष अल जाबेरद्धारा कोप-२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २६, कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप-२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन् ।

अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे । दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति पाएको हो ।

कोप २८ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८ औं बैठक आजबाट सम्पन्न हुँदैछ ।

 

 

प्रकाशित : 12 December, 2023

प्रतिक्रिया दिनुहोस्