ई:को प्रदर्शनलाई विराध गर्दै स्थानीयद्धारा अवरोध प्रदर्शन
काठमाडौँ । मंसिर २६, ललितपुर महानगरपालिका अगाडि प्रदर्शन गर्न उभिएका अभियन्ता ई: स्थानीयद्धारा पम्प्लेट च्यातिदिएर अवरोध गरेका छन्।
मंगलबार दिउँसो ३ बजे अभियन्ता ई:ले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए।
उनले प्रदर्शन गर्न लागेपछि स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गर्न पुगेका हुन्।
त्यसक्रममा प्रदर्शन गरिरहेका स्थानीयले ई: लगायत प्रदर्शनकारीले बोकेको प्याम्प्लेट च्यातेका छन्। आक्रोशित भएका स्थानीयले ई:माथि जाइलागेपछि प्रहरीले उनलाई प्रहरी प्रभाग पुल्चोकमा लगिएको छ। अहिले पुल्चोकमा सुरक्षाकर्मीहरू खटिएका छन्।
ललितपुर महानगरपालिकाले गत आइतबारदेखि मंगलबजार-लगनखेल क्षेत्र फुटपाथ पसल निषेधित क्षेत्रु तोकेको थियो। फुटपाथ व्यवसायीहरू बढेको भन्दै महानगरले उक्त क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो।
त्यसरी निषेधित क्षेत्र तोकेपछि ई:ले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफू १०८ मिनेट उभिने बताएका थिए। स्थानीयहरूले पनि प्रदर्शन गर्न फ्लेक्स, पम्प्लेट बोकेर आएका थिए।