अर्थतन्त्र सुधारतर्फ अघि बढेको अर्थमन्त्री डा. महतको दाबी

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २७, अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताएका छन् ।

बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

कोभिड महामारी, रुस-युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि नीतिगत / मौद्रिक पहल आफूले गरेको मन्त्री महतको दाबी छ ।

 

प्रकाशित : 13 December, 2023

प्रतिक्रिया दिनुहोस्