बढ्यो सुनचाँदीको मूल्य
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । मंसिर २९, साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आजका लागि छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ ।
हिजो बिहीबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।