तनहुँमा बस दुर्घटना : १६ जना घाइते

सहयात्रा टिभी

तनहुँ । पुस १, पृथ्वीराजमार्ग अन्तरगत व्यास नगरपालिकास्थित कमलबारीमा आज (आइतबार) बिहान भएको दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

मुग्लिनबाट दमाैलीतर्फ आउँदै गरेको ग २ ख १४५९ नम्बरको बस कमलबारिमा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनका अनुसार घाइतेमध्ये ६ जना रत्नहरी अस्पताल, ५ जना दमौली अस्पतालमा उपचारत छन् भने ५ जनालाई थप उपचारको लागी पोखरा रिफर गरिएको छ ।

प्रकाशित : 17 December, 2023

प्रतिक्रिया दिनुहोस्