आज छैटौं राष्ट्रिय झण्डा दिवस मनाइयो

सहयात्रा टिभी

काठमाडौँ । पुस १, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले यो दिवस मनाउँदै आएको छ।

आज बिहान बसन्तपुरबाट भेला भई शान्तिबाटिकासम्म र्‍याली गरिएको छ। शान्तिबाटिका पुगेर कोण सभा गरिएको थियो।

सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरू गरिएको हो।

 

प्रकाशित : 17 December, 2023

प्रतिक्रिया दिनुहोस्