केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हाइड्रोजन ऊर्जा उत्पादन र प्रयोग बढाउनुपर्नेमा जोड

सहयात्रा टिभी

काठमाडौँ । पुस १, नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्दै आएको रिन्यु जेन रिसोर्सेस नेपाल कम्पनीले हाइड्रोजन ऊर्जा उत्पादन र प्रयोग बढाउनुपर्नेमा जोड दिएको छ ।

काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी सरकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुले डिजलरपेट्रोलको आयातबाट देशको अर्बौं रुपैयाँ विदेशिने र त्यसबाट चल्ने गाडीहरुबाट वातावरण प्रदूषण पनि हुने भएकाले हाइड्रोजन ऊर्जा उत्पादन र प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

नेपालमा डिजलरपेट्रोलबाट चलिरहेका गाडीको इन्जिनमा सामान्य सुधार गरेर हाइड्रोजनबाट चलाउन मिल्ने बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

यसो गर्दा डिजलरपेट्रोलको आयातबाट देशको अर्बौं रुपैयाँ विदेशिबाट जोगिने र त्यसबाट चल्ने गाडीहरुबाट वातावरण प्रदूषण पनि नहुने भएकाले हाइड्रोजन ऊर्जा उत्पादन र प्रयोग बढाउनुपर्ने उनीहरुको जोड छ ।

कार्यक्रममा रिन्यु जेन रिसोर्सेस नेपालका प्रमुख कार्यकारी अधिकृत डा। प्रमोद टण्डनले एक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा जलविद्युतको प्रशस्त सम्भावना भएकाले त्यसबाट हाइड्रोजन ऊर्जा उत्पादन गरी सवारी साधन, कलकारखाना र भान्सामा खाना पकाउने ग्यासको विकल्पको रुपमा प्रयोग गर्नुपर्ने बताए ।

हाइड्रोजनबाट चल्ने गाडीहरु पेट्रोल डिजेलबाट चल्ने गाडीहरुभन्दा बढी समयसम्म गुड्ने र वातावरण प्रदूषण पनि कम हुने भएकाले यसको उत्पादन तथा प्रयोगमा जोड दिनुपर्ने उनले बताए ।

 

प्रकाशित : 17 December, 2023

प्रतिक्रिया दिनुहोस्