केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. पौडेललाई वीर अस्पतालमै फर्काउन सर्वोच्चको अन्तरिम आदेश

सहयात्रा टिभी

काठमाडौं । पुस ३, सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा सन्तोष पौडेललाई पुनः वीर अस्पतालमा फर्किन बाटो खुलेको छ ।

१४ मंसिरमा मन्त्री बस्नेतले वीर अस्पतालको निर्देशकबाट हटाएपछि पौडेलले आफूलाई हटाउने मन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।

 

 

प्रकाशित : 19 December, 2023

प्रतिक्रिया दिनुहोस्