केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय परिवेश सुहाउँदो गरी कृषि विश्वविद्यालयको नयाँ पाठ्यक्रम तयार

सहयात्रा टिभी

काठमाडौं । पुस ३, कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ ।

२०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो गरी विश्वविद्यालयले नयाँ पाठ्यक्रम तयार गरेको हो ।

विश्वविद्यालयले भारत र अमेरिकाका विज्ञ प्राध्यापकहरु समेतको परामर्शमा पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम निर्माणका क्रममा नेपाली विज्ञसँगै किसानसँग समेत परामर्श गरिएको थियो ।

विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा सुवीर सिंहका अनुसार कृषि स्नातक, पशु चिकित्सा तथा पशुपालन स्नातक, मत्स्य विज्ञान स्नातक र वन विज्ञान स्नातकको पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू हुने गरी परिमार्जन गरिएको हो ।

पशु चिकित्सामा पाँच वर्ष पढाइ हुन्छ भने अन्य सङ्कायमा चारवर्षे पढाइ हुँदै आएको छ । यसअघिको पाठ्यक्रममा ३० देखि ३३ प्रतिशत प्रयोगात्मक हुने गरेकामा नयाँ पाठ्यक्रममा ४० प्रतिशत प्रयोगात्मक रहेको उनले जानकारी दिए ।

प्रयोगात्मक कक्षा बढी हुँदै गर्दा व्यावहारिक र बजारमुखी जनशक्ति उत्पादन हुने उनले बताए । विश्वविद्यालय स्थापना भएपछि तेस्रोपटक पाठ्यक्रम परिमार्जन गरिएको हो ।

यो पटक पाठ्यक्रम परिमार्जन गर्दै गर्दा युवा जनशक्ति पलायनको अवस्थालाई रोक्ने गरी बृहत् अध्ययन गरेर विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको हो ।

 

प्रकाशित : 19 December, 2023

प्रतिक्रिया दिनुहोस्