केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्मार्टफोनले २४ सै घण्टा कुरा सुनिरहेको डरलाग्दो खुलासा

सहयात्रा टिभी

काठमाडौं । पुस ३, बिल्टइन माइक्रोफोनयुक्त स्मार्टफोनले हरपल प्रयोगकर्ताहरुको कुरा सुनिरहेका डरलाग्दो खुलासा भएको छ ।

कहिलेकाही तपाईंले आफ्ना साथीहरुसँग कुनै कुरा गर्नुहुन्छ वा कुनै सरसामानको बारेमा चर्चा गर्नुभएको हुन्छ ।

त्यसको केही बेरमै तपाईंले आफ्नो सोसल मिडिया अकाउन्ट लगइन गर्नुभयो भने अचम्म लाग्दो दृश्य देखिन्छ । किनकि तपाईंले केहीबेरअघि कुरा गरेका वस्तु वा विषयहरुसँग सम्बन्धित विज्ञापनहरु सोसल मिडिया पेजमा देखिन थाल्छन् ।

तपाईंलाई लाग्नसक्छ कि यस्तो कसरी भयो ? वास्तवमा तपाईंको फोनले २४ सै घण्टा तपाईंको कुरा सुनिरहेको हुन्छ । सुन्नमा यो थोरै अनौठो लाग्नसक्छ, तर यथार्थ चाहिँ त्यही नै हो । नयाँ अनुसन्धानले यसको पुष्टि गरेको छ ।

कक्स मिडिया ग्रुपले आफ्नो एउटा रिपोर्टमा उल्लेख गरे अनुसार बिल्टइन माइक्रोफोन भएका स्मार्टफोनहरुले २४ सै घण्टा प्रयोगकर्ताको जासुसी गरिरहेका हुन्छन् ।

केवल स्मार्टफोन मात्र होइन, टेलिभिजन तथा स्पिकरमा समेत बिल्टइन माइक्रोफोन हुन्छ र ती उपकरणले समेत प्रयोगकर्ताका कुराकानी सुनिरहेका हुन्छन् ।

ती उपकरणले प्रयोगकर्ताका कुरा सुनेर त्यसको एक डाटा बैंक तयार गर्ने र सोही डाटाको आधारमा रियल टाइममा विज्ञापन देखाउने गर्दछन् ।

बिल्टइन माइक्रोफोनयुक्त ग्याजेटलाई प्रयोगकर्ताको सप्ताहन्तको योजना, प्रयोगकर्ताको घर, सन्चो-बिसन्चो तथा भविष्यको योजनालगायतका सबै कुराहरुको बारेमा जानकारी हुन्छ ।

कहिलेकाही त हामीले आफ्नो सोसल मिडियामा यस्ता प्रडक्टहरुको विज्ञापन पनि देख्दछौं जसको बारेमा हामीले कहिल्यै पनि इन्टरनेटमा सर्च गरेका हुँदैनौं ।

यस्तो खालका विज्ञापनहरु स्मार्ट ग्याजेटको सहयोगमा देखाइन्छ । स्मार्ट ग्याजेटले तपाईंको कुरा सुन्छ र त्यसको आधारमा विज्ञापन एजेन्सीहरुले तपाईंलाई लक्षित गर्दछन् ।

आजकल सबै स्मार्ट टेलिभिजनहरुमा भ्वाइस कमान्ड प्रविधि हुन्छ । अर्थात् प्रयोगकर्ताले टिभीमा बोलेरै सर्च गर्न सक्दछन् । यो सबै टिभीमा रहेको माइक्रोफोनबाट सम्भव भएको हुन्छ ।

यस्तो खालका स्मार्ट टिभीले पनि तपाईंका गोप्य कुरा सुन्न सक्दछन् । यसका अलावा स्मार्ट स्पिकरले पनि तपाइँका कुरा सन्न सक्दछन् जसबाट तपाईं हरेक दिन विभिन्न खालका कुरा गर्नुहुन्छ ।

त्यसैले यदि तपाईं यस्तो खालको जासुसीबाट बँच्न चाहनुहुन्छ वा यी ग्याजेटले आफ्नो कुरा नसुनुन् भन्ने चाहनुहुन्छ भने कुराकानी गर्ने समयमा इन्टरनेट बन्द गर्नुहोस्।

 

प्रकाशित : 19 December, 2023

प्रतिक्रिया दिनुहोस्