एचआईडीसीएलले सेयरधनीका लागि लाभांश घोषणा
सहयात्रा टिभी
काठमाडौं । पुस ५, जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि बोलाएको छ ।