केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादीको विधान सम्मेलन फागुनमा, ७ सदस्यीय मस्यौदा समिति गठन

सहयात्रा टिभी

काठमाडौं । पुस ५, नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले विधान सम्मेलन गर्नको लागि विधान मस्यौदा समिति गठन गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरीराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा साथै सचिवद्वय गणेश शाह र हितमान शाक्य छन् । सापकोटाका अनुसार सम्मेलनअघि पार्टीको केन्द्रीय समिति बस्ने निर्णय भएको छ ।

प्रकाशित : 21 December, 2023

प्रतिक्रिया दिनुहोस्