सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, भइरहेको छ कारोबार ?
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं पुस ५, नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।