केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वीरले करारमा राखेका १३ मध्ये १० कर्मचारी स्वास्थ्य मन्त्रीकै जिल्लाका

सहयात्रा टिभी

काठमाडौं । पुस ५, वीर अस्पतालले कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइएको छ ।

यसरी राखिएका १३ जना कर्मचारीमध्ये १० जना स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् ।

वीर अस्पताल प्रशासनले १० कात्तिकमा सातौं तहको १ जना मेडिकल ल्याब, पाँचौ तहका ल्याब टेक्निसियन ५ जना, इलेक्ट्रिसियन चौथो तहका २ जना, पलम्बर चौथो तहको १ जना, चौथो तहकै लिफ्ट असिस्टेन्ट ४ जना गरी १३ जना जनशक्ति करारमा राख्ने निर्णय गरेको थियो ।

तर ‘चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि–२०७६’ विपरीत १७ कात्तिकमै सबै कर्मचारी भर्ना गरेको पाइएको छ ।

करार सेवा व्यवस्थापनसम्बन्धी कार्यविधिमा करारमा जनशक्ति पदपूर्ति गर्दा न्यूनतम २१ दिनको सूचना प्रकाशन गरी इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था छ ।

वीर अस्पतालले १ मंसिरमा मेडिकल अधिकृत ३० र स्टाफ नर्स २६ जना माग गरेको छ । ‘मन्त्रालयबाट लिस्ट आए अनुसार प्रशासनका कर्मचारीले फाइल तयार गरिरहेका छन्’ वीरका एक पदाधिकारीले भने, ‘डाक्टरको अन्तवार्ताको काम भइरहेको छ ।’

 

प्रकाशित : 21 December, 2023

प्रतिक्रिया दिनुहोस्