नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । पुस ६, अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो ।

नेप्से परिसूचक १९९४ अंकमा रहेर गत साताको कारोबार बन्द भएकोमा यो साता २१०९ मा पुगेर बन्द भयो ।
यो साता ५ दिन सेयर कारोबार भएकोमा ४ दिन बजार बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार घट्यो ।

आइतबार २७, सोमबार ३८, मंगलबार ४६, बुधबार ३५ अंक बढेको नेप्से बिहीबार भने ३२ अंक घट्यो । समग्रमा साताभर बजार ११५ अंक बढ्यो ।

नेप्से परिसूचक मात्रै बढेको छैन, कारोबार रकम उल्लेख्य भएको छ । यो साताका हरेक दिन ५ अर्बभन्दा बढीको कारोबार भयो ।

 

प्रकाशित : 22 December, 2023

प्रतिक्रिया दिनुहोस्