काठमाडौंबाट थाइल्याण्डको फुकेटमा सिधा चार्टर्ड उडान हुने

सहयात्रा टिभी

काठमाडौं । पुस ६, काठमाडौंबाट थाइल्याण्डको चर्चित पर्यटकीय केन्द्र फुकेटमा सिधा चार्टर्ड उडान हुने भएको छ ।

रुप्से होलिडेजले आगामी २१ जनवरीमा हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौं–फुकेट सिधा उडान गर्न लागेको बताएको छ ।

यसअघि यो कम्पनीले काठमाडौं–भियतनाम रुटमा तीन वटा चार्टर्ड सिधा उडान गरेको थियो ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले इतिहासमै पहिलो पटक दुई पर्यटकीय केन्द्रलाई सिधा उडानमा जोड्न थालिएको बताए ।

उनका अनुसार यो उडानबाट नेपाली पर्यटकलाई सोझै फुकेट लैजाने र फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौं ल्याउने योजना छ ।

थाइल्याण्डको समुन्द्री तटमा रहेको यो शहर एशियाको पर्यटकीय केन्द्र मानिन्छ । फुकेटले हरेक वर्ष हजारौं पर्यटकलाई स्वागत गर्छ ।

कम्पनीका अनुसार यो उडानको एकतर्फी भाडा प्रतिव्यक्ति ३५ हजार नेपाली रुपैयाँ तोकिएको छ । यो उडानको दूरी ३ घण्टा १० मिनेटको हुने छ ।

 

प्रकाशित : 22 December, 2023

प्रतिक्रिया दिनुहोस्