आज देशभर कहाँको मौसम कस्तो ?

सहयात्रा टिभी

काठमाडौँ । पुस ९, जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने उल्लेख गरेको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेट र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

प्रकाशित : 25 December, 2023

प्रतिक्रिया दिनुहोस्