झाँगाझोलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सिन्धुली । पुस ९, वीपी राजमार्गको झाँगाझोली रातमाटा खण्डमा यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्षको युवकको मृत्यु भएको छ । यस्तै मोटरसाइकल पछाडि सवार खोटाङको दिक्तेल-१० बस्ने १८ वर्षीया मुनकला राई रहेको प्रहरीले जनाएको छ ।
बस चालक रामेछाप मन्थली १३ का २४ वर्षीय रुपेश अधिकारी र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बसको भित्र पसेको मोइटरसाइकलका चालक र पछि बसेका दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भयंकर दुर्घटनापछि राजमार्गमा सवारी आवागमन रोकिएको छ ।