नागढुंगा सुरुङको ‘ब्रेक थ्रु’अब मात्र ९८.६० मिटर खन्न बाँकी

सहयात्रा टिभी

काठमाडौँ । पुस १२, काठमाडौंको मुख्य प्रवेशद्वार नागढुंगामा निर्माण भइरहेको नागढुंगा टनेल (सुरुङ) ‘ब्रेक थ्रु’ हुन अब १ सय मिटर भन्दा कम लम्बाइ बाँकी रहेको छ ।

आयोजनाले बुधबार सार्वजनिक गरेको विवरण अनुसार यो सुरुङको ‘ब्रेक थ्रु’का लागि अब मात्र ९८.६० मिटर खन्न बाँकी रहेको छ ।

नागढुंगाको मूख्य सुरुङ कुल २ हजार ६८८ मिटर लम्बाइको हो । जसमध्ये २ हजार ५८९.४० मिटर सुरुङ खनिइसकिएको आयोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुले जानकारी दिएका छन् ।

उनका अनुसार आयोजनाको सुरुङतर्फको मात्र प्रगति अब ९८.२० प्रतिशत पुगेको छ । अब बाँकी १.८० प्रतिशत काम सम्पन्न भएसँगै सुरुङ ‘ब्रेक थ्रु’ हुने भएको छ ।

आयोजनामा रहेको रेस्क्यु टनेलको यसअघि नै ‘ब्रेक थ्रु’ भइसकेको छ । यहाँ २ हजार ५५७ मिटर लामो रेस्क्यु टनेल रहेको छ ।

अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नु पर्छ । सुरुङ मार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ । साथै काठमाडौं भित्रने र बाहिरिने सवारी साधनको इन्धन बचत हुनेछ ।

प्रकाशित : 28 December, 2023

प्रतिक्रिया दिनुहोस्