केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाण्डौ महानगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु

सहयात्रा टिभी

काठमाडौँ । पुस १२, काठमाण्डौ महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ ।

यसको लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच हिजो समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अब महानगरपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुले बीमा बोर्डमा सूचीकृत भएर बीमा अन्तर्गतको स्वास्थ्य उपचार दिन थाल्नेछन् ।

ती केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ । महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् ।

बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् । काठमाण्डौका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकबाहेक देशभरका सबै पालिकाहरुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भैसकेको छ ।

प्रकाशित : 28 December, 2023

प्रतिक्रिया दिनुहोस्