प्रिमियर लिगको उपाधि दौड सुरुदेखि नै रोमाञ्चक बन्दै

सहयात्रा टिभी

काठमाडौं । पुस १५, यस सिजन प्रिमियर लिगको उपाधि दौड सुरुदेखि नै रोमाञ्चक बनिरहेको छ ।

पछिल्लो खेलमा साविक विजेता म्यान सिटी र एस्टन भिल्लाको जितपछि यो होड अझ रोमाञ्चक बनेको छ ।

सिटीले शेफिल्ड युनाइटेडलाई २-० ले हराएर तेस्रो स्थानमा उक्लेको छ । यस्तै बर्नलीलाई ३-२ ले पराजित गर्दै एस्टन भिल्ला दोस्रो स्थानमा उक्लेको छ । सिटीलाई जित दिलाउन रोड्री र जुलियन अल्भारेजले एकरएक गोल गरे ।

भिल्लाको लिग लिडर लिभरपुल समान ४२ अंक भएको छ । लिभरपुलले १९ खेल र भिल्लाले २० खेल खेलेका छन् ।

उता समान १९ खेल खेलेको सिटी र आर्सनलको समान ४० अंक छ । तर गोलअन्तरमा सिटी अघि छ ।

म्यानचेष्टर युनाइटेडको भने खराब प्रदर्शन जारी रहँदा २९ वर्षमा पहिलो पटक नटिङहम फरेस्टसँग पराजित भएको छ ।

निकोलस डोन्गेजको गोलमा फरेस्टले पहिले अग्रता लिए पनि मार्कुस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल गरेका थिए । तर मोर्गान गिब्स ह्वाइटले ८२औं मिनेटमा निर्णायक गोल गर्दै फरेस्टलाई ऐतिहासिक जित दिलाए ।

 

प्रकाशित : 31 December, 2023

प्रतिक्रिया दिनुहोस्