युक्रेनको राजधानीमा रुसको ड्रोन आक्रमण
सहयात्रा टिभी
काठमाडौं । पुस १५, रुसले राजधानी किभसहितका ठाउँमा ड्रोन आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
राजधानी किभ र अर्को मुख्य सहर खार्किभमा विस्फोट भइरहेका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
युक्रेनले हिजो शनिवार रुसको सीमावर्ती सहर बेलग्रटमा गरेको आक्रमणमा कम्तीमा २० जना मारिएपछि रुसले जवाफी आक्रमण बढाएको छ ।
हिजोको आक्रमणलाई युक्रेनमा मस्कोले आक्रमण शुरु गरेयताकै युक्रेनका तर्फबाट रुसमाथि भएको घातकमध्येको घटना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसअघि शुक्रवार रुसले युक्रेनमा गरेको आक्रमणमा ३९ जना मारिएका थिए ।