फिल्म महाजात्रामा हरिवंश आचार्यको भिलेन अवतार

सहयात्रा टिभी

काठमाडौँ । पुस १७, षट्कोण आर्ट्सले आगामी फिल्म ‘महाजात्रा’को आधिकारिक पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा फिल्मका प्रमुख तीन कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र रविन्द्र झासहित हरिवंश आचार्यलाई पनि चित्रण गरिएको छ । पैसा कमाउन सहरको मध्यमवर्गले गर्ने संघर्षको कथा पेश गर्ने यो फिल्मलाई प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्ममा हरिवंश भिलेनको भूमिकामा देखिएका छन् । पोस्टरमा उनको भिलेन अवतार प्रस्तुत छ । उनलाई ह्वीलचेयरमा डोरीले बाँधेर राखेको देख्न सकिन्छ । ‘जात्रा’ सिरिजमा हरिवंश पहिलोपटक जोडिएका हुन् ।

पोस्टरमा पैसाको बिटा वरपर एक भ्यान पनि छ । यो भ्यान जात्रा श्रृंखलाको ट्रेडमार्क नै हो । कथावस्तु पनि पैसा र भ्यानको वरपर घुम्छ । फस्टलुक पोस्टरले ‘जात्रा’को तेस्रो श्रृंखलाबारे दर्शकीय मनोविज्ञान निर्माण गर्छ । ‘जात्रा’ र ‘जात्रैजात्रा’को व्यावसायिक सफलतापछि ‘महाजात्रा’ बनेको हो ।

अभिनेता तथा कार्यकारी निर्माता बानियाँले पोस्टर सार्वजनिक भएसँगै फिल्मको औपचारिक प्रवर्द्धन सुरु भएको बताए । माघ १ गते गीत ल्याउने उनले जनाए ।

 

प्रकाशित : 2 January, 2024

प्रतिक्रिया दिनुहोस्