केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केएमसीका आवासीय चिकित्सक आन्दोलनमा उत्रिए

सहयात्रा टिभी

काठमाडौँ । पुस १९, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं विश्वविद्यालय (केयू)ले आवासीय चिकित्सक डा. विशद दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले डा. दाहाललाई कलेज प्रवेशमा अझै रोक लगाएको छ ।

डा. दाहाललाई कलेज प्रवेश गर्न नदिन कलेज प्रशासनले आफ्ना सुरक्षागार्ड गेटमा तैनाथ राखेको छ ।

आवासीय चिकित्सकहरु डा. दाहाललाई एक महिनासम्म गरेको निलम्बन फुकुवाको माग र करिकुलमभन्दा बाहिरी काममा नलगाउन माग राख्दै अस्पताल परिसरमा धर्ना दिंदै आइरहेका छन् ।

कलेज प्रशासनको विरुद्धमा काम गरेको भन्दै काठमाडौं मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै १२ पुसदेखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी दाहाललाई एक महिना निलम्बन निर्णय गरेको थियो ।

 

प्रकाशित : 4 January, 2024

प्रतिक्रिया दिनुहोस्