नेप्से घट्दा कारोबार रकम बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । पुस १९, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ८.७१ अंक घटेको छ ।

सो अंकको कमीपछि नेप्से परिसूचक २०४९ विन्दुमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम भने बढेको छ ।

कुल ११३ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ५ को स्थिर रह्यो । समग्र बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

कालिका पावर, सिंगटी हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

बैंकिङ ०.५, विकास बैंक ०.८, फाइनान्स ०.९, होटल तथा पर्यटन ०.४, जीवन बीमा १.२, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.३ र निर्जीवन बीमा ०.९ प्रतिशत घटे ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 4 January, 2024

प्रतिक्रिया दिनुहोस्