सत्ता गठबन्धनमा समाजवादीले राष्ट्रिय सभाको २ सिटमै चित्त बुझायो

सहयात्रा टिभी

काठमाडौँ । पुस २२, सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ ।

गत शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो । तर एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि आज बिहान पुनः गठबन्धनको बैठक बसेको थियो ।

बैठकपछि नेता लेखकले सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरुले संयुक्त रुपले उम्मेदवारी दिने नेता बताए ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘क्लस्टरहरु पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ । एकरदुई ठाउँका बारेमा आ(आफ्नो पार्टीमा बसेर टुंगो लगाउँछौं ।’

 

प्रकाशित : 7 January, 2024

प्रतिक्रिया दिनुहोस्