अमेरिकामा उडिरहेको विमानको एउटा हिस्सा खसेपछि १७१ वटा विमानको उडानमा रोक
काठमाडौं । पुस २२, उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्।
सङ्घीय उड्डयन निकाय एफएएले पछिल्लो सुपरिवेक्षणले उक्त मोडेलका १७१ वटा विमानहरूलाई असर पर्ने बताएको छ।
शुक्रवार ओरेगन राज्यबाट उडेको अलास्का एअरलाइन्सको विमानलाई आपत्कालीन अवतरण गराइएको छ।
युनाइटेड एअरलाइन्सले एफएएले गर्न भनेको निरीक्षण अफ्ना केही ७९ बोइङ ७३७ म्याक्स ९ प्लेनमा सम्पन्न भएको बताएको छ।
केही विमानहरूलाई ‘उडान गर्न नदिनु’ भन्ने आदेशले करिब ६० वटा उडान रद्द हुनसक्ने उक्त वायुसेवाले जनाएको छ।
यसअघि अमेरिकी उड्डयन निकाय एफएएले आफूले अमेरिकी वायुसेवाको स्वामित्वमा रहेका वा अमेरिकी भू(भागमा रहेका निश्चित प्रकारका बोइङ ७३७ म्याक्स ९ वायुसेवाको उडानलाई अस्थायी रूपमा रोक लगाउने जनाएको थियो।
प्रत्येक उडानको जाँच गर्न चारदेखि आठ घण्टा लाग्ने उसको भनाइ थियो।