एमालेका राजपुतको नाम नामावलीमा नभेटिएपछि दर्ता नगरी फर्किए

काठमाडौँ । पुस २३, नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएका छन् ।
मधेश प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन आएका थिए । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उनको स्थानमा अन्य समूहबाटै विजेता झाले उम्मेदवारी दर्ता गराउने एमालेका केन्द्रीय सदस्य सञ्जिव झा सुरजले जानकारी दिए ।
मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।