आज तराईमा हुस्सु र कुहिरो लाग्ने हिमाली क्षेत्रमा हिमपात

सहयात्रा टिभी

काठमाडौं । पुस २४, आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहान तराईका अधिकांश भू-भागहरुमा हुस्सुरकुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एकरदुई स्थानमा दिउँसो र राति हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

 

 

प्रकाशित : 9 January, 2024

प्रतिक्रिया दिनुहोस्