जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक बस्दै

काठमाडौँ । पुस २५, जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
भोलिसम्म चल्ने बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनका विषयमा छलफल हुनेछ । थै पार्टीका नेताहरुको सक्रियतामा भएका कार्यहरुको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने जनाएको छ । सपाले पुस २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।