यस्तो छ आजको मौसम

काठमाडौं । पुस २५, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।
दिउँसोमा कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।