सन्दीपलाई डेढ गुणा पढि सजाय हुनुपर्ने कानून व्यवसायीको माग

सहयात्रा टिभी

काठमाडौँ । पुस २५, पीडितका कानून व्यवसायीहरुले क्रिकेटर सन्दीप लामिछानेलाई वास्तविक सजायको डेढी सजाय हुनुपर्ने माग गरेका छन् ।

लामिछानेलाई सजाय गर्नुअघि बुझाउनुपर्ने प्रतिवेदनमा कानून व्यवसायीहरुले उनी सार्वजनिक पदमा रहेकाले वास्तविक सजायको डेढ गुणा सजाय हुनुपर्ने माग गरेका हुन् ।

उनीहरुले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १५९२० (ङ) अनुसार लामिछानेलाई सजाय तोक्नुपर्ने माग गरेका छन् ।

उक्त व्यवस्थामा भनिएको छ, ‘कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसुर गर्ने कसुरदारलाई त्यस्तो कसुरमा हुने सजायको डेढी सजाय ।’

घटनाको बेलामा क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको कप्तान थिए । उनीहरुले नियमित रुपमा राज्यकोषबाट तलब पनि पाउथे ।

सार्वजनिक पदमा बसेको, पदको दुरुपयोग गरेको र क्लोज क्याम्पमा रहनुपर्ने मान्छे खेल अनुशासन तोडेर बाहिर गई अपराध गरेकाले डेढी सजाय हुनुपर्ने भनी पीडितका कानून व्यवसायीहरुले सजाय निर्धारणपूर्वको प्रतिवेदन तयार पारेका हुन् ।

 

प्रकाशित : 10 January, 2024

प्रतिक्रिया दिनुहोस्