भारतका विदेशमन्त्री रिसाएपछि माफी माग्दै चिनियाँ टोलिसँग वार्तालाप नगर्ने वाचाबन्धन

सहयात्रा टिभी

काठमाडौँ । पुस २५, भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा भाग लिन गत पौष १९ गते नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाली संस्थापन पक्षसँग निकै क्रुद्ध भएको तथ्य खुल्न आएको छ ।

उनले चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण तत्काल बदर गरेमात्र आफूले बैठकहरूमा सहभागिता जनाउने जानकारी सम्बद्ध पक्षलाई दिएका थिए । जयशङ्करको त्यस्तो शर्त सुनेपछि प्रधानमन्त्री प्रचण्डसहित नेपाली अधिकारीहरू असमन्जसमा परेका थिए ।

पौष १९ गते बिहानै भारतीय वायु सेनाको चार्टर्ड विमान लिएर विदेशमन्त्री जयशङ्कर नेपाल आइपुगेका थिए भने दिउँसो चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमणका लागि नेपाल आउँदै थियो । आफू आएकै बेला पारेर चिनियाँ प्रतिनिधिमण्डललाई नेपाल बोलाएकोमा जय शङ्करले आपत्ति जनाएका थिए ।

चिनियाँ टोलीको भ्रमण रद्द गर्नुपर्ने शर्त राख्दै त्यसो नभएमा कुनैपनि बैठकमा नबस्ने चेतावनी जयशङ्करले दिएपछि नेपाली पक्षमा निकै ठूलो छटपटी पैदा भएको थियो । अन्ततः नेपाली पक्षले माफी माग्दै जयशङ्कर नेपालमा रहदासम्म चिनियाँ टोलिसँग कुनै औपचारिक वार्तालाप नगर्ने वाचाबन्धन गरेपछि मात्र जयशङ्करको रिस शान्त भएको बुझिएको छ ।

उन्नाइस गते आएर २० गते बिहान स्वदेश फर्कनुअघि जयशङ्करले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न तहका नेताहरूसँग विशेष भेटवार्ता गरेका थिए ।

आगमन भएकै दिन बिहान शितल निवास पुगी राष्ट्रपति रामचन्द्र पौडेलसँग जयशङ्करले आधि घण्टा भन्दा बढी समय बिताएका थिए । त्यसपछि प्रधनमन्त्री र सम्बद्ध मन्त्रीहरूसँग उनले भेटेका थिए । दिउँसो संयुक्त आयोगको सातौँ बैठकमा सहभागी भएका जयशङ्करलाई भेट्न पूर्व प्रधानमन्त्रीहरू लामबद्ध भएर बेलुका द्वारिका होटल पुगेका थिए ।

 

प्रकाशित : 10 January, 2024

प्रतिक्रिया दिनुहोस्