क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
सहयात्रा टिभी
काठमाडौँ । पुस २५, बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् ।
बहस सकिएपछि न्यायाधीश ढकालले लामिछानेलाई हुने सजाय तोकेको जनाएको छ । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।