रोहितले आर्मी छाडेर एपीएफमा आबद्ध

सहयात्रा टिभी

काठमाडौं । पुष २६, राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विभागीय क्लब आर्मी छोड्दै अर्को विभागीय क्लब एपीएफबाट खेल्ने भएका छन् ।

रोहित हाल राष्ट्रिय टिमको कप्तान छन् । उनकै कप्तानीमा नेपालले एकदिवसीय मान्यता जोगाउनुको साथै, टी–२० विश्वकपमा छनोट भएएको र पहिलो पटक एसिया कप खेलेको थियो ।

राहितसँगै, हरि चौहान, सुशन भारी र विक्रम सोबलाइ आर्मीको टिममा देख्न पाइने छैन । हरि चौहानले केही महिनाअघि नै आर्मी छोडेका थिए भने सुशन र विक्रम सोब आर्मी छोडेर अष्ट्रेलिया पलायन भएका छन् ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगिता राउन्ड रोविन प्रणालीमा रहेर ४६ वटा खेल हुनेछन् । त्रिवि क्रिकेट मैदान, मूलपानी र भैरहवामा यो प्रतियोगिता सञ्चालन हुनेछ ।

 

प्रकाशित : 11 January, 2024

प्रतिक्रिया दिनुहोस्