सुनको मूल्य निरन्तर ओरालो लाग्यो

सहयात्रा टिभी

काठमाडौं । पुष २६, बिहीबार पनि सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

१७ पुसमा छापावाल सुनको प्रतितोला १ लाख २१ हजार रुपैयाँ थियो । त्यसयता तोलामा २ हजार ७ सय रुपैयाँले घटेर बिहीबार छापावाल सुनको कारोबार १ लाख १८ हजार ३ सय रुपैयाँमा भइरहेको छ ।

तेजावी सुनको मूल्य भने १ लाख १७ हजार ७५० रुपैयाँ तोकिएको छ । बुधबार भने छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० रुपैयाँ ताकिएको थियो ।

बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ । बुधबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

 

प्रकाशित : 11 January, 2024

प्रतिक्रिया दिनुहोस्