इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनि

सहयात्रा टिभी

गाजा । पुस २८, गत अक्टोबर ७ देखि भएको इजरायल–हमास युद्धका कारण गाजामा मात्रै करिब २४ हजार प्यालेस्टिनी मारिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तीमा २३ हजार ७०८ जना प्यालेस्टाइनी मारिएका छन् ।

आक्रमणमा ६० हजार बढी घाइते भएका प्यालेस्टाइनी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार करिब ७ हजार मानिस भग्नावशेषमुनि हराइरहेका छन् । यसरी हराएकाहरूको मृत्यु भएको अनुमान गरिएको छ । यस्तै विगत २४ घण्टामा मात्रै करिब १५१ प्यालेस्टिनीको मृत्यु भएको छ भने २४८ जना घाइते भएका छन् ।

प्रकाशित : 13 January, 2024

प्रतिक्रिया दिनुहोस्