जनमत पार्टीलाई सत्ता गठबन्धनको बैठकमा बोलाइएन

सहयात्रा टिभी

काठमाडौं । पुस २९, सरकारमा सहभागी जनमत दलबिना आइतबार सत्ता गठबन्धनको बैठक बसेको छ ।

 

आफ्नो दललाई सत्ता गठबन्धनको बैठकमा नबोलाइएको जानकारी गराएको छ । ‘बैठकको जानकारी नै भएन ।

किन बोलाइएन, उहाँहरुलाई नै थाहा होला,’ जनमत पार्टीका प्रवक्ता शरद सिंहले भने,‘आजको बैठकको जानकारी थिएन । जानकारी नभएपछि जाने कुरा पनि भएन ।’

प्रधानमन्त्री निवास बालुवाटारमा विहान बसेको बैठकमा सत्ता घटकका सात दलका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्ति निकालिएको छ ।

सत्ता घटकको जनमत पार्टीको मात्रै विज्ञप्तिमा हस्ताक्षर छैन । सात दलका अध्यक्षले राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्दै अपिल जारी गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट एक उम्मेदवार पाउनुपर्ने जनमतले दाबी गरेको थियो । अन्य दल एक सिट छुट्याउन तयार नभएपछि अघिल्लो शनिबार बसेको बैठक विचमै छोडेर जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निस्केका थिए ।

 

 

प्रकाशित : 14 January, 2024

प्रतिक्रिया दिनुहोस्