सुस्त रहेका २१ विकास आयोजनामा पदयात्रा गर्ने रास्वपाको तयारी

सहयात्रा टिभी

काठमाडौं । पुस २९, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्माणको काम सुस्त रहेका २१ वटा विकास आयोजनामा पदयात्रा गर्ने  तयारी भएको छ ।

विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिए । कुन कुन आयोजनामा पदयात्रा गर्ने भन्ने टुंगो रास्वपाको ३ माघमा बस्ने केन्द्रीय समितिले लगाउनेछ ।

पदयात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने अर्यालले जानकारी दिए । ‘सांसदसहित नेताहरु को कहाँ जाने निर्णय बैठकबाट लिन्छौं’, उनले भने ।

यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए । उनले पार्टीका २१ जना सांसदले एक एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने बताएका थिए ।

यसअघि पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डको ११३ किलोमिटरको पदयात्रा गरेको थियो ।

 

प्रकाशित : 14 January, 2024

प्रतिक्रिया दिनुहोस्