नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा
सहयात्रा टिभी
काठमाडौं । माघ २, सेयर बजारको परिसूचक नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
मंगलबार अघिल्लो कारोबार दिनको तुलनामा २.५७ प्रतिशतले बजार बढेको छ । ५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा कायम भएको छ ।
नेप्सेको यो अंक साउन ८ यताकै उच्च हो । सो दिन नेप्से २२ सय विन्दु पुगेको थियो । कारोबार रकम पनि ८ अर्ब नाघेको छ । यो कारोबार रकम करिब दुई वर्ष अर्थात २०७८ माघ २० यताकै उच्च हो ।
कुल २१४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने २ को स्थिर रह्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, निफ्रा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमाल दोलखा हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहे ।