सेयर बजार परिसूचक नेप्से अन्ततः घट्यो
सहयात्रा टिभी
काठमाडौं । माघ ३, बुधबार कारोबार भइरहँदा २२ सय अंक नाघेको सेयर बजार अन्ततः घटेको छ ।
दिउँसो १२ : ५७ बजे २२१५ अंक पुगेको बजारको परिसूचक नेप्से कारोबार बन्द हुँदा भने २१६३ अंकमा झरेको छ । बुधबार अघिल्लो दिनको तुलनामा नेप्से १२.१० अंक घटेको हो ।
समग्र बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब २ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७६ करोडको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ४ को स्थिर रह्यो ।