प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

सहयात्रा टिभी

काठमाडौं । माघ ७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड विहान काठमाडौं अवतरण गर्नेछन् ।

युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरिसकेका छन् । सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

प्रकाशित : 21 January, 2024

प्रतिक्रिया दिनुहोस्