जिल्ला न्यायाधीश डा. भट्टराईले राजीनामा दिए

काठमाडौं । माघ ७, जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् ।
न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।
न्यायाधीश भट्टराईमाथि जनकपुर जिल्ला अदालतमा हुँदा हत्या आरोपितलाई छाडेको लगायतका आरोप सहित कार्यक्षमताको अभाव र खराब आचरणमा रहेको भनी उजुरी परेको थियो ।
उजुरीमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो । त्यसक्रममा उनले राजीनामा दिएका हुन् ।