आईसीसी यू-१९ विश्वकपमा नेपाललाई तेस्रो सफलता

सहयात्रा टिभी

काठमाडौं । माघ ७, नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका हुन् । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।

यसअघि नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे ।

उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए । न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

 

प्रकाशित : 21 January, 2024

प्रतिक्रिया दिनुहोस्